Birgunj News24
जनकपुर र पर्सामा प्रधानमन्त्री कपका ३५ खेल हुने।

काठमाडौँ – प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको आठौँ संस्करण आगामी चैत्र ७ देखि वैशाख ४, २०८३ सम्म चार भेन्युमा सञ्चालन हुने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार तालिका सार्वजनिक गर्दै जानकारी दिएको हो।

प्रतियोगिताका खेलहरू काठमाडौँका दुई मैदान – त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान र माथिल्लो मूलपानी मैदान – साथै जनकपुर र पर्सामा हुनेछ। काठमाडौँका प्रत्येक मैदानमा ५–५ खेल आयोजना हुनेछ भने जनकपुरमा १७ खेल र पर्सामा १८ खेल हुनेछन्।

यसअघि सम्पन्न सातौँ संस्करणमा नेपाल पुलिस क्लब विजेता भएको थियो। नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

यसैक्रममा, जय ट्रफी लाइट कप को फाइनल पनि अघि सारिएको छ। फाइनल खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बीच चैत्र ३–५ गतेसम्म माथिल्लो मूलपानी क्रिकेट मैदान, काठमाडौंमा तीनदिवसीय ढाँचामा खेलाइने भएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update