Birgunj News24
जेनजी आन्दोलन घटनाबारे छानबिन प्रतिवेदन प्रधानमन्त्री समक्ष, दोषीमाथि कारबाही माग।

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको हताहती तथा भौतिक क्षतिको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर आयोगका अध्यक्ष कार्कीसहितका पदाधिकारीले प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई हस्तान्तरण गरेका हुन्।

प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री कार्कीले त्यसको अध्ययन गरी छिट्टै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको आयोगका सदस्य तथा पूर्व डीआईजी विज्ञानराज शर्माले जानकारी दिनुभयो।

शर्माका अनुसार आन्दोलनका क्रममा भएको घटनामा जसले गल्ती गरेको छ, उनीहरूविरुद्ध कारबाहीका लागि सिफारिस गरिएको छ। उहाँले भन्नुभयो, “जसले गल्ती गरेको छ, उसलाई अभियोग लगाउने सिफारिस गरिएको छ।”

आन्दोलनका क्रममा केही सुरक्षा कमजोरी समेत देखिएको प्रतिवेदनमा उल्लेख गरिएको उनले बताए। संसद् भवन परिसरतर्फ आन्दोलनकारी अघि बढ्दा ब्यारिकेड व्यवस्थापनमै कमी कमजोरी देखिएको निष्कर्ष आयोगले निकालेको शर्माले जानकारी दिनुभयो।

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update