Birgunj News24
चिलझपटी प्रिमियर लिग–२०८२ को उद्घाटन, पूर्व मुख्यमन्त्री सोनलद्वारा शुभारम्भ।

बारा, फागुन २३ — मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको “चिलझपटी प्रिमियर लिग–२०८२” क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका छन्।
बाराको चिलझपटी क्रिकेट ग्राउण्डमा आयोजित एक कार्यक्रमबीच सोनलले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन्। आयोजक समितिका अनुसार प्रतियोगिता फागुन २३ गतेदेखि फागुन ३० गतेसम्म सञ्चालन हुनेछ।
उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बारा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सन्जु साह सहभागी भएका थिए। कार्यक्रममा जुलुफकार अली भुट्टो (जुबेर भाई), विश्रामपुर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष अमिरीलाल गुप्ता, वडा नं. २ का मनोज यादव, फेटा गाउँपालिका वडा नं. ४ का वकील यादव, नेकपाका नेता लवकुश बैठ तथा समाजसेवी कृष्ण शाहलगायत स्थानीय जनप्रतिनिधि, खेलाडी र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सोनलले खेलकुदले युवाहरूलाई सकारात्मक दिशातर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।
आयोजक समितिका अनुसार स्थानीय स्तरमा क्रिकेट खेलको विकास गर्ने तथा युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा विभिन्न स्थानीय टोलीहरूको सहभागिता रहनेछ भने उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई पुरस्कार प्रदान गरिने जनाइएको छ।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update