Birgunj News24
होलिको अवसरमा वीरगन्ज कपडा बैंक द्वारा घण्टाघरमा नि:शुल्क कपडा वितरण एवं शुभकामना आदानप्रदान ।

फाल्गुन १७ वीरगन्ज । हर्षौउल्लास एवं आपसी एकता भाइचाराको महापर्व होलिको पुर्वसन्ध्यामा आइतबार शुभकामना आदानप्रदान सहित वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १० देखि ५.३० बजे सम्म र शनिबार  १ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले होलि पर्वको अवसरमा वीरगन्जको घण्टाघरमा नया पुराना गरि करिब ८ सय थान कपड़ा वितरण गर्दै होलिको शुभकामना आदानप्रदान गरिएको कोषाध्यक्ष मनोज मिश्राले बताउनु भयो  ।
सो अवसरमा प्रमुख अतिथी समाजसेवी कुर्मिले मानविय सेवाको कार्यहरुमा हामी सबैले आफ्नो आम्दानिको ५ प्रतिशत रकम दिन दुखी असहायको सेवा सहयोगमा दान सहयोग गर्नु पर्दछ जस्ले गर्दा मानवता बलियो हुन्छ किनभने मानवको सेवा नै सर्वोत्तम धर्म हो बताउदै होलि पर्व रङ्ग को मात्र पर्व नभै सत्यता हर्षोउल्लास आपसी एकता भाइचारा बलियो बनाउने पर्व रहेकोले शान्तिपुर्वक मनाउन आग्रह गर्दै सम्पुर्णलाई बधाइ शुभकामना ब्यक्त गरेका थिए । 
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षता एवं संस्थाका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको बिशिस्ट अतिथिद्वय सल्लाहकारद्वय अधिवक्ता पन्नालाल गुप्ता र समाजसेवी वरुण चौरसिया, अतिथिहरु नेपाल बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी , आदिवासी जनजाति पत्रकार महासंघ पर्सा का अध्यक्ष मुनेश लायो मगर ,समाजसेवी गौरी गुप्ता, युवा समाजसेवी हुकुम सिंह राजपुत, आइज नेपाल पर्साका कोषाध्यक्ष रुपशिला जैसवाल,सिए गुडडु रौनियार,घण्टाघर प्रहरी पोष्टका प्रमुख राम बिनोद झा , बैंकका सल्लाहकार श्रवण बहादुर रायमाझी ,सदस्यहरु हरेन्द्र पटेल ( बाबा) ,जानकी देवि ,नवराज भट्टराई ,केदार गुप्ता, सुरज श्रीवास्तव,राहुल सिंह राजपुत, कर्मचारी मिथलेश श्रीवास्तव  लगायत पत्रकारहरुको सहभागिता रहेकों थियो ।
सो अवसरमा बिशिस्ट अतिथी गुप्ताले चाडपर्वको समयमा नया लुगा किन्ने सामर्थ्य सबैको नरहेकोले नया र नया जस्तै कपडाहरु उपलब्ध गराइ दिन दुखी असहाय बिपन्नको अनुहारमा खुशी ल्याउने हामिसबैको सामाजिक उत्तरदायित्वमा पर्ने हुनाले हामि सबैले बिरगंज कपडा बैंकको सुअभियानमा हातेमालो गरि सेवा सहयोग गरौ मानवता बलियो बनाऔ भन्दै आपसी भाइचाराको महापर्व होलिको सम्पुर्णलाई बधाई शुभकामना दिएका थिए ।
सो अवसरमा अध्यक्ष सिंहले मानविय सेवामा कार्यरत बैकले होलिको अवसरमा निशुल्क कपडा वितरण गर्न लागेको थाहा पाएर काठमाडौं निवासी रबि परियार र उहाका ३ साथिले ३० वटा होलिको नया टिसर्ट सहयोग गर्नु भएकोमा उहाँहरु र हाम्रो अभियानमा सहयोग गर्ने सम्पुर्ण दाता, सल्लाहकार , सुभेच्छुक, सन्चारकर्मी, पदाधिकारी सदस्यहरु प्रति हार्दिक आभार प्रकट गर्दै होलि पर्वले देश विदेशमा शान्ती समृद्धि ल्याउदै आपसी एकता भाइचारा बलियो बनाओस भन्दै सम्पुर्णलाइ बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update