Birgunj News24
मतदानलाई प्रभावकारी बनाउन सरकारले गर्‍यो ३ दिन बिदा घोषणा।

काठमाडौं : नेपाल सरकार ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सरकारका अनुसार निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न तथा मतदाताको सहज सहभागिता सुनिश्चित गर्न उक्त निर्णय गरिएको हो।
यसअघि निर्वाचन आयोग नेपाल ले मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको थियो। आयोगको आग्रहअनुसार मन्त्रिपरिषद्ले तीन दिन बिदा दिने निर्णय गरेको जनाइएको छ।
उक्त निर्णयसँगै सरकारी कार्यालय, सार्वजनिक संस्था तथा शैक्षिक संस्थाहरू सो अवधिमा बन्द रहनेछन्।

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update