Birgunj News24
कपोरेट डेभलपमेन्ट बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ।

कपोरेट डेभलपमेन्ट बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ।

बैंकको केन्द्रिय कार्यालय भवन, वीरगंजमा संचालक समितिका अध्यक्ष डा. जैनुदिन अन्सारीको अध्यक्षतामा सम्पन्न सभामा बैंक संचालक समितिका सदस्यहरू तथा व्यवस्थापनका पदाधिकारीहरूको उपस्थती थियो।

साधारणसभाले आ.व. २०८१/८२ का संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८१/८२ वित्तीय विवरणहरू २०८२ असार मसान्तको वासलात, आ. व. २०८१/८२ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणसँग सम्बन्धीत अनुसूचीहरू पारित गरिएको छ।

साधारण सभाले आ.व. २०८२/८३ मा बैंकको लेखापरीक्षण गर्नका लागि देबकी विजय एण्ड कम्पनी, चार्टड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ। त्यस्तै कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड र अन्य बैंक वा वित्तीय संस्थाहरू संग एक आपसमा गाभ्ने, गाभिने वा प्राप्तीको प्रस्ताव समेत पारित गरेको छ।

बैंकका हाल कायम रहेका संस्थापक समूहका ७० प्रतिशत र सर्वसाधारण समूहका ३० प्रतिशत पुँजी संरचनालाई परिवर्तन गरि संस्थापक समूह ६० प्रतिशत र सर्वसाधारण समूह ४० प्रतिशत गर्ने प्रस्ताव समेत पारित गरेको छ।

त्यस्तै साधारण सभाले संचालकहरूको वैठक भत्ता तथा सञ्चार सुविधा थप गर्ने र सो अनुरूप सस्थाको नियमावलीको दफा २९ (ख) मा संसोधन गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकको प्रबन्धपत्र र नियमावलीमा गरिने संसोधनमा नियमकारी निकायबाट कुनै संसोधन वा फेरबदल वा परिमार्जनको लागि निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्नका लागि संचालक समिति वा संचालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिनेप्रस्ताव समेत पारित गरेको छ।

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update