Birgunj News24
नेपाल भारत मैत्री बृहत् रक्तदान कार्यक्रम सम्पन्न भयेको छ ।

वीरगञ्ज, ९ फागुन — नेपाल–भारत दुवै देशका प्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा आयोजित रक्तदान कार्यक्रममा कुल ६० जनाले रक्तदान गरेका छन्। कार्यक्रममा नेपाली र भारतीय नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। 
कार्यक्रमका प्रमुख अतिथि शान्ति राज कोइराला रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा  जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख भोला दाहालको उपस्थिति रहेको थियो। त्यसैगरी अतिथिहरूमा नरेस राज सुवेदी, भारत पटना प्रशासनका प्रतिनिधि अहासिप कुमार रञ्जिप तथा भारतीय प्रहरी पदाधिकारी मनिष कुमार अनमजलको सहभागिता थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सशस्त्र प्रहरी उपीक्षक मोहन बहादुर क्षेत्री उपस्थित रहनुभएको थियो भने भन्सार प्रमुख कृष्णा प्रसाद मैनाली र अर्जुन कुमार न्यौपानेको समेत उपस्थिति रहेको थियो।
आयोजक लायन्स क्लब अफ बिरगंजका तर्फ बाट डा. निरज कुमार सिंह र  लयन्स क्लब अफ रक्सौल का तर्फ बाट  बिमल सरराफ ले सो कर्यक्रम मितेरी पुल नीर गराउनु भयेको थियो 

आयोजकका अनुसार, रक्तदान गर्नेमध्ये ३५ जना नेपाली र २५ जना भारतीय नागरिक रहेका थिए। नेपाल–भारतबीचको मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले मानव सेवाको सन्देश फैलाएको आयोजकले बताएका छन्।
कार्यक्रममा वक्ताहरूले रगत अभावका कारण हुने ज्यान जोखिमलाई न्यूनीकरण गर्न यस्ता अभियान नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिये ।

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  २२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update