Birgunj News24
सेस्मी इन्टरनेशनल स्कुलमा "सेस्मी फुड फेस्ट २०८२" सम्पन्न।

सेस्मी इन्टरनेशनल स्कुलमा "सेस्मी फुड फेस्ट २०८२" सम्पन्न
वीरगञ्ज । वीरगञ्जको प्रगतिनगरस्थित सेस्मी इन्टरनेशनल स्कुलमा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र व्यावहारिक सीप विकास गर्ने उद्देश्यले "सेस्मी फुड फेस्ट २०८२" भव्य रूपमा सम्पन्न भएको छ ।
विद्यालय परिसरमै आयोजित फुड फेस्टिबलमा कक्षा १ देखि माध्यमिक तहसम्मका विद्यार्थीहरूले विभिन्न परिकारका स्टलहरू सञ्चालन गर्दै स्वदेशी तथा विदेशी खानाका स्वादिलो परिकारहरू प्रस्तुत गरेका थिए । विद्यार्थीहरू आफैंले तयारी, सजावट, मूल्य निर्धारण तथा ग्राहक सेवा सम्हाल्दा कार्यक्रम थप आकर्षक बनेको थियो । 
कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । फुड फेस्टिबल अवलोकन गर्न आएका अभिभावकहरूले विद्यार्थीहरूको आत्मविश्वास, प्रस्तुतिकरण क्षमता र समूहकार्यको प्रशंसा गरेका थिए ।
विद्यालयकी प्रिन्सिपल आशमा सिंह यादवका अनुसार यस्ता सिर्जनात्मक कार्यक्रम मार्फत विद्यार्थीहरूको आत्मविश्वास बढाउन विद्यार्थीहरूलाई कक्षाकोठाभन्दा बाहिरको व्यवहारिक सीप सिकाउने लक्ष्य राखिएको हो । “फुड फेस्टिबलमार्फत विद्यार्थीहरूले उद्यमशीलता, समूहकार्य, स्वच्छता, ग्राहक सेवाजस्ता व्यवहारिक ज्ञान हासिल गरेका छन्,” उहाँले बताउनुभयो ।
विद्यालय प्रशासनका अनुसार फुड फेस्टिबलबाट संकलित रकम सामाजिक सेवामा प्रयोग गरिनेछ । यस्ता कार्यक्रमले विद्यार्थीहरूको पढाइलाई जीवनोपयोगी बनाउँदै समाजप्रति उत्तरदायी नागरिक बनाउन सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update