Birgunj News24
गौरमा दुई समुदायबीच झडप, सुरक्षा व्यवस्था कडा।

रौतहटको सदरमुकाम गौरमा दुई फरक समुदायबीच झडप भएको छ। गौर नगरपालिका वडा नम्बर ६ स्थित सबगढामा बिहीबार हिन्दु समुदायको जन्तीमाथि मुस्लिम समुदायले ढुंगामुढा प्रहार गरेको आरोपपछि शुक्रबार दुबै पक्षबीच तनाव बढ्दै झडप भएको हो।

स्थानीयका अनुसार बिहीबार भएको घटनाको विरोधमा आज दुबै समुदायका युवाहरू आमनेसामने हुँदा स्थिति तनावग्रस्त बनेको थियो। झडप नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। झडपका क्रममा केही सर्वसाधारण तथा प्रहरीसमेत घाइते भएका छन्।

घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। हाल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थिति नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको छ। जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई संयमित रहन र अफवाहमा नलाग्न आग्रह गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update