Birgunj News24
कुम्हालटोल टोल सुधार समाज द्वारा १७ औ मासिक निशुल्क भोजन कार्यक्रम सुसम्पन्न ।

लालबाबु सिंह २ फाल्गुन बिरगंज। कुम्हालटोल टोल सुधार समाज  बिरगंज ७ द्वारा रेल्वेरोडमा अवस्थित पन्चमुखी हनुमान मन्दिर अगाडी शनिबारको दिन लगातार १७ औं  निशुल्क भोजन कार्यक्रम सुसम्पन्न गरेको छ ।
 आजको निशुल्क भोजन शिविरमा आयोजक समाजका सेवकहरुले बाटोमा हिडने पर्यटक ,बटुवा, रिक्सा , ठेला , इरिक्सा चालक, बिपन्न  असहायहरुलाई दाल भात,आलु भन्टाको तरकारी र भुटेको हरियो खुर्सानी मुलाको अचारहरु निशुल्क भोजन गराएका हुन ।
   कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अतिथी सेवकहरु वीरगन्ज कपडा बैंकका अध्यक्ष संचारकर्मी लालबाबु सिंह ,अमरटोल टोल सुधार समिती वीरगन्जका सचिव युवा समाजसेवी नवराज भट्टराई , समाजका सचिव हेमन्त शाक्य, कोषाध्यक्ष बैधनाथ साह,सहसचिव रितेश गुप्ता, सल्लाहकारहरु समाजसेवी गौरी गुप्ता,सामुदायिक प्रहरी कुम्हालटोलका सचिव समाजसेवी श्रवणबहादुर रायमाझी -समाजसेवी गोबिन्द ताम्राकार ,सुरज श्रीवास्तव लगायत स्थानिय अग्रज ,युवाहरुको बाक्लो सहभागिता रहेको थियो।
 सो अवसरमा सेवा गर्दै बिरगंज कपडा बैंकका अध्यक्ष सिंहले दिन दुखी असहायको सेवा सहयोग नै हामी मानवको सबै भन्दा ठूलो धर्म भएकोले समाजले विगत १७ महिना देखि लगातार घर जस्तो सफा स्वच्छ ,पोषिलो, गुणस्तरीय भोजन खुवाएर गरेको सेवा निकै सराहनिय रहेको साथै भोजमा खुवाएको जस्तो बसाएर सोधी सोधी थपेर भोजन खुवाएर सेवा गरेको देख्दा असाध्यै खुशी लागेको बताउदै यस्तो सुकार्य सधै र हरेक टोल शहरमा निरन्तरता दिनु पर्छ बताउदै समाजको सराहनीय सुअभियानमा सम्पुर्णलाई हातेमालो गरी मानवता बलियो बनाउन आग्रह पनि गर्नु भयो ।
 सो निशुल्क भोजन कार्यक्रम प्रत्येक महिनाको १ पटक पहिलो शनिबार आयोजना गरिने कुम्हालटोल टोल सुधार समितीका अध्यक्ष नन्दलाल अहिरले जानकारी दिदै यो निशुल्क भोजन शिविर कार्यक्रम समाजका पदाधिकारी एवम् दाताहरुको सहयोगले चलिरहेको बताउदै उप्रान्त प्रत्येक महिनाको पहिलो शनिबार मात्र नभएर प्रत्येक १५ दिनमा र तत्पश्चात प्रत्येक शनिबार आयोजना गरि दिन दुखी असहायको सेवा सहयोग गर्न आफुहरु तैयार रहेको मात्र मानवताप्रेमी सहयोगी हातहरु को हातेमालोको आवश्यकता रहेको आग्रह गरेका थिए । 
 सेवामा सहभागी सेवकहरुको सेवा देखेर निशुल्क भोजन खाएर सबैले सेवकहरुको साथै समाज परिवारको मुरि मुरि प्रसंशा गरेका थिए ।

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update