ताजपुरको चोक चौतारीहरुमा घण्टी चिन्ह बनाएर रास्वपा पर्सा १ का उम्मेदवार हरि पन्तलाइ त्यहाँका स्थानियले स्वागत गरेका छन । आज ताजपुरमा घरदैलो तथा मतदाता भेटघाट गर्न जादा त्यहाँका स्थानियहरुले विभिन्न चोक चौतारीहारुमा भिन्न भिन्न रङ्गको प्रयोग गरि घण्टी चिन्ह बनाइ पन्तलाइ स्वागत गरेका थिए । भेटघाटको क्रममा अधिकान्स मतदाताहरुले अब मुलुकको परिबर्तन निश्चित रहेको र राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टीनै मुलुक परिबर्तनको सम्बाहक भएकोले आफूहरु त्यस्को साक्षि बन्न पनि यसपाली घण्टी चिन्हमा मतदान गर्ने बताएका थिए ।
त्यसक्रममा पन्तले रास्वपाको जित नै समग्र मुलुकको जित भएकोले यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी र आफुलाई जिताउन सम्पुर्ण मतदातालाइ आग्रह गरेका थिए ।
घरदैलो कार्यक्रममा त्यहाँका स्थानीयहरुले उत्साहजनक उपस्थिति जनाएका थिए ।



