राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र न १ का उम्मेदवार हरि पन्तले गरेको इनरुवाको घरदैलो कार्यक्रममा इनरवासिको भिड उर्लिएको छ । आज पन्तले इनर्वामा गरेको घरदैलो र मतदाता भेटघाट कार्यक्रममा इनरुवाबासिको भिड उर्लिएको हो ।
घरदैलो कार्यक्रममा त्यहाँको स्थानियले आफ्ना विभिन्न समस्याहरु पन्त समक्ष राखेका थिए । घरदैलो गर्नु अघि इनरुवामा कोणसभा पनि आयोजना गरिएको थियो । कोण सभामा सयौं इनर्वाबासी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रबेश गरेका थिए । कोणसभा बिजय साहको सभापतित्वमा सप्पन्न भएको थियोे । सभाले बिजय साहको अध्यक्ष्यतामा २१ सदस्यीय समिती समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा राजु प्रसाद यादव सचिबमा सन्तोष पटेल सहसचिवमा अजय कुमार महतो पृतम कुमार मह्तो र सदस्यहरुमा जटा सन्कर पन्डित , रोमन पटेल मोहन यादब ,बिरेन्द्र प्रसाद यादब, अबेश राम सद्दाम हुसेन रन्जित यादब ,बिजय होदा बनिया ,दिलिप यादब, राम्सुरै महतो ,स्माइल मिया, अरुन यदब ,राजन यादब, नितेश बानिय ,शिबनाथ प्रसाद यादब, झोटी यादब ,मोहन पटेल, सिकन्दर महतो ,दिनेश साह, पर्मा यादब र रामायन दास रहेका छन । बिजय साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा सन्तोश पटेलले स्वागत भासण गरेका थिए भने कार्यक्रमको सहजीकरण अमन आलमले गरेका थिए । कार्यक्रममा उक्त वाडाका सभापति रमेश चौरसिया लगायतका नेता कार्यकर्ताहरुको उपस्तिथि थियो ।



