लालबाबु सिंह २४ माघ वीरगन्ज । वीरगन्ज समाज सेवा द्वारा वीरगन्जको नारायणी अस्पतालमा लगातार २२औं महिनाको ४ थो साप्ताहिक निशुल्क भोजन कार्यक्रम शनिबार सभ्य एवं भव्य रुपले सम्पन्न गरेको छ। पच्छिल्लो २ वर्ष देखि प्रत्येक शनिबार बिहान ९.३० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन हुँदै आएको निशुल्क भोजन सेवा कार्यक्रमले अस्पतालमा उपचाररत बिपन्न बिरामीहरु, कुरुवाहरु, असहायहरुको साथै रिक्सा,ईरिक्सा चालकहरु ,यात्री बटुवाहरु लाई घरमा बनाएको जस्तो सफा सुग्घर, सुद्ध र गुणस्तरीय पोषिलो भोजन खुवाइएको हो ।
सो अवसरमा आयोजक वीरगन्ज समाज सेवाका सचीव प्रकाश वाहेतिले " सेवा नै धर्म हो " को मुलमन्त्र लाइ आत्मसात गरि हरेक हप्ता करिब ४ सय ५० देखि ५ सय जनाले यस सेवाबाट लाभ लिँदै आएको र दिन दुखी असहायको पेट भर्न र त्यसपछिको उनिहरुको अनुहारमा आएको हासी खुशी देखेर आफुहरु पनि खुशी हुने गरेको बताउदै आजको कार्यक्रममा नगद सहयोग सहित प्रत्यक्ष सेवा गरेका युवा समाजसेवी वरुण चौरसियालाइ धन्यवाद ब्यक्त गरेका थिए ।
सो अवसरमा युवा समाजसेवी वरुण चौरसियाले दिनदुखी असहायको सेवा सहयोग नै ठूलो धर्म र कर्म भएकोले नै यो नारायणी अस्पताल जस्तो अधिकान्श बिपन्न असहायहरुको उपचार स्थलमा घर जस्तै खाना निशुल्क रुपमा भोजन खुवाएको देख्दा आफू पनि थोरै भएपनी सहयोग गर्ने र सेवा गर्ने विचारले आज आएर सेवा गर्दा असाध्यै खुशी एवं गर्विलो लागेको बताउदै यो सुअभियानमा हातेमालो गरि मानवता बलियो बनाउन आग्रह गरे ।
आजको भोजनमा समाजका सेवकहरुले शुद्ध शाकाहारी खानाका रूपमा स्वादिलो भात, दाल,आलु चनाको तरकारी र हरियो खुर्सानीको अचार वृद्ध , महिला, बच्चाहरु लाइ बोलाइ बोलाइ थपी थपी खुवाएर सेवा प्रदान गरेका थिए ।
आजको निशुल्क भोजन कार्यक्रममा समाजका बिरेन्द्र आर्य,लालबाबु सिंह ,निसान्त लाठ,हरेन्द्र महतो,राज महतो लगायतले सेवा प्रदान गरेका थिए ।



