Birgunj News24
वीरगन्ज कपडा बैंक द्वारा घण्टाघरमा नियमित मासिक नि:शुल्क कपडा वितरण , करिब १ हजार थान कपडा वितरण ।

माघ,२३ वीरगन्ज । वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा केहि नया र पुराना गरि करिब १ हजार थान कपड़ा वितरण गरिएको कोषाध्यक्ष मनोज मिश्राले बताएका छन । 
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि को प्रमुख आतिथ्य तथा बैंकका सल्लाहकारहरु अधिवक्ता पन्नालाल गुप्ता र अधिवक्ता प्रकाश कुमार उपाध्याय एवं समाजसेवी वरुण चौरसियाको बिशिस्ट आतिथ्यमा सप्पन्न सो कार्यक्रममा अतिथिहरु बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी,सिए देवराज सराफ,आइज नेपाल पर्साका कोषाध्यक्ष रुपसिला जैसवाल , बैंकका सल्लाहकारहरु समाजसेवी  हुकुम सिंह , ओमप्रकाश सराफ ,श्रवण बहादुर रायमाझी, सदस्यहरु जानकी देवि,इन्द्र कुमार मानन्धर ,सन्जय मण्डल ,नवराज भट्टराई ,केदार गुप्ता,राहुल सिंह राजपुत,अभय बस्नेत लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
  सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि " जो संग धेरै कपडा छ हामिलाइ दिएर जानुस र नहुने वा आवस्यकता हुनेले हामी संग निशुल्क लिएर जानुस " को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ७ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत विभिन्न स्थानहरुमा आगलागी बाढी ,शितलहर ,चिसो याम जस्ता बिपत्तिमा पिडितहरु लाई उनिहरुकै घर आगनमै पुगेर लत्ताकपडा को साथै अन्य सामाग्री सहयोग पुर्याएर सेवा गर्दै आइरहेकोमा हामी सम्पुर्णले दिन दुखी असहायको सेवा सहयोगमा आफ्नो आम्दानिको ५ देखि १० प्रतिशत रकम खर्चिनु पर्ने बानी बसाली मानवता बलियो बनाउन आग्रह गर्नु भयो ।
 अध्यक्ष सिंहले बैंकको सुकार्य अभियानमा सहयोग गरि मानवता बलियो बनाउने सम्पुर्ण मानवताप्रेमी दाता, सुभेच्छुक , सल्लाहकार , पदाधिकारी सदस्यजन प्रती आभार ब्यक्त गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update