Birgunj News24
मोटरसाइकल पार्किङ विवादमा कुटपिट, वीरगंजमा एक वृद्धको मृत्यु।

वीरगंज (पर्सा), २३ माघ ।

पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयलाई लिएर भएको विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।

आज  बिहान करिब ७:३० बजेको समयमा मोटरसाइकल पार्किङको विषयमा वीरगंज महानगरपालिका वडा नं. १३ निवासी अन्दाजी ६५ वर्षका केपी चन्द राउत बरई र वीरगंज महानगरपालिका वडा नं. २३ प्रसौनी बस्ने अन्दाजी ३२ वर्षका मुन्ना भन्ने अर्जुन यादवबीच विवाद भएको थियो । विवाद चर्किँदै जाँदा कुटपिटको अवस्था सिर्जना हुँदा केपी चन्द राउत बरई गम्भीर घाइते भएका थिए ।

घाइते बरईलाई तत्काल उपचारका लागि तराई अस्पताल, वीरगंज पठाइएको भए पनि उपचारकै क्रममा बिहान करिब ७:४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनामा संलग्न रहेको आरोपमा अर्जुन यादवलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ । घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update