राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तलाई भन्सार एरियाका स्थानीयहरुले स्वागत गरेका छन । आज रास्वपा द्वारा भन्सार एरियामा आयोजित घरदैलो कार्यक्रममा पन्तलाई त्यहाँका स्थानियहरुले स्वागत गरेका हुन । पन्तलाई स्वागत गदै स्थानिय बिरगंज भन्सार एजेन्ट संघका पुर्ब अध्यक्ष बिजय साहले अब रास्वपाले मात्र देशमा आमूल परिबर्तन गरेर मुलुक लाई शुसाशन र समृद्धिको यात्रा तर्फ उन्मुख गराउन सक्ने भएकोले आफुहरु सबै रास्वपालाइ निस्वार्थ सहयोग गर्न लागि परेको बताए ।
गरदैलो गर्नु अघि आयोजना गरिएको कोणसभा लाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति एबम क्षेत्र १ का उम्मेदवार हरि पन्तले अन्य पुराना दलहरुका उम्मेदवारहरु मतदाता समक्ष भोट माग्न आए उहाँहरुलाई बिगत ३५ बर्ष देखि के के गर्नु भयो र अब जिते के गर्नु हुन्छ भनेर प्रश्न गर्न आम मतदाताहरु लाई आग्रह गरेका छन । पन्तले फेरि पनि यिनै पुराना दलहरू लाई भोट दिएर जेन्जी आन्दोलनको उपाहास नगर्न समेत अनुरोध गरेका थिए ।
घरदैलोका क्रममा उम्मेदवार पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य तथा सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक प्रतिबद्धताबारे पनि जानकारी गराएका थिए ।
घरदैलो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता, स्थानीय युवा, तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको I



