Birgunj News24
राष्ट्रिय स्वतन्त्र पार्टीका  पर्सा १ का उम्मेदवार हरि पन्तद्वारा सहिद दिलिप चौरसियाका परिबार संग भेटघाट । 

राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा १ का उम्मेदवार हरि पन्तले मधेस आन्दोलनका सहिद दिलिप चौरसियाका आमा रामज्योती देबि र दाजु पृथ्वी नारायण चौरसिया लगायेतका परिबार सङ भेटघाट गरेका छन । आज रास्वपाले आयोजना गरेको जगरनाथपुरको घरदैलो कार्यक्रममा पन्तले मधेस आन्दोलनका सहिद दिलिप चौरसियाका परिबार सङ भेटघाट गरेका हुन ।  भेटघाटका क्रममा सहिद परिबारले मधेसबादी दलका नेताहरूले मधेस आन्दोलनका जगमा  आफ्नु राजनितिक रोटी सेकेर मधेस आन्दोलनमा गोलि चलाएर मधेसीको आमहत्त्या गर्ने दलमा गएर मधेस आन्दोलनको उपाहास गरेकोमा दुःख ब्यक्त गरे । शाहीद परिबारले अब रास्वपा लाई नै आफुहरुको पुर्ण समर्थन रहने समेत बताएका थिए ।  भेटमा रास्वपा उमेदवार एबम पर्सा सभापति पन्तले मधेस आन्दोलनका शाहीद हरुलाइ पनि जेन्जी आन्दोलनका सहिद सरह सम्मान व्यबहारमा उतार्न राज्यलाइ घचघचाउने बताएका थिए । 

  आज आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तको जगरनाथपुरको घरदैलो कार्यक्रममा  त्यहाँका स्थानीयले उत्साह्पुर्ण रुपमा सहभागिता जनाएका छन । आजको  उक्त उम्मेदवारको स्वागत तथा घरदैलो कार्यक्रम बिरगंज महानगरपालिका–२२, जगरनाथपुरमा  ठुलो उपस्थिति जनाएर  कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेका छन  ।

 मंगलबार  सम्पन्न उक्त घरदैलो कार्यक्रमको सुरुवात श्रीराम जानकी मन्दिरमा पूजा–अर्चना गरेर गरिएको थियो। त्यसपछि कार्यक्रम जगरनाथपुर चौकबाट प्रारम्भ भई वडाभित्रका विभिन्न टोलहरूमा सञ्चालन गरिएको थियो।

घरदैलोका क्रममा उम्मेदवार हरि पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य बारे बताएका थिए ।

कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले शिक्षा, रोजगारी, खानेपानी, सरसफाइ, सडक, स्वास्थ्य तथा सुशासनसँग सम्बन्धित विभिन्न समस्या र सुझावहरू राखेका थिए। उम्मेदवार पन्तले वडाका विभिन्न समस्याहरूलाई नोट गर्दै समाधानमुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता, स्थानीय युवा, महिला तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

निर्वाचन परिचालन समिति, बिरगंज–२२, जगरनाथपुरका संयोजक युवराज पटेलले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण स्थानीयवासी, पार्टी कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको  छ I

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update