राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले पिपरामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आज पिपरामा घर दैलो कार्यक्रम गर्नु अघि कृष्ण पटेलको नेतृत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । पिपरामा निर्वाचन परिचालन कमिटी गठन गरे संगै पिपरामा पनि रास्वपा बलियो बनेको छ । त्यसै गरि आजै बिरगंज २३ सबैठ्वामा रोशन यादब र रबि यादबको नेतृत्वमा सयौं जेन्जी युबाहरु रास्वपा प्रवेश गरेका छन । जेन्जी युबाहरुलाइ पार्टी प्रबेश गराउदै पर्सा सभापति एबम क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि पन्तले भाद्र २३ र २४ को जेन्जि बिद्रोहको कारणनै अहिले मुलुक परिबर्तनको संघारमा रहेको र अब रास्वपाले नै परिबर्तनको नेतृत्व गर्ने बताए । पन्तले जेन्जी युबाहरुको लगातार पार्टी प्रवेशले पर्सामा रास्वपाको जित सुनिश्चित गरेको बताए । कार्यक्रममा जिल्ला सचीव सुदिश प्रजापति महानगर सभापति अमन आलम सचिब गौतम श्रेष्ठ क्षेत्रीय सभापति राम आर्य लगयत्को सहभागिता रहेको थियो ।



