राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले क्षेत्र न १ का रास्वपाका सक्रिय सदस्यहरु संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पर्साका १ लगायत चारै क्षेत्रका रास्वपाका उम्मेदवारहरुलाइ बिजय गराउन कस कसको कस्तो भुमिका हुनु पर्छ भन्ने बिषयमा गहन छलफल र अन्तरक्रिया भएको थियो । छलफलमा सबै तह र तप्काबाट भिन्न भिन्न दृस्ठिकोण र सुझावहरुको उठान गरिएको थियो ।
कार्यक्रममा उठेका बिषयहरुलाइ सम्बोधन गर्दै पर्सा सभापति एबम क्षेत्र १ का उम्मेदवार हरि पन्तले जायज सुझावहरु लाइ पार्टीले सहस्र ग्रहण गर्ने बताएका थिए । सभापति पन्तले फाल्गुन 21 गते नेपाली जनताले आफुहरु भित्र बर्षौ देखी जरा गाडेको भ्रष्टाचार , कुशासन अनियमितता , नाताबाद , कृपाबाद विरुद्धको बिद्रोह लाई ब्यालेट मार्फत जबाफ दिने बताए । उनले कार्यक्रममा उल्लेख्य पार्टी सदस्यहरुको उपस्थिति आफ्नु र पार्टीको लागी हिम्मत बनेकोले पर्साका चारै क्षेत्रमा रास्वपाको जित सुनिश्चित भएको समेत बताए । सयौं
रास्वपा शुभेच्छुकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा जिल्ला सचीव सुदिश प्रजापति क्षेत्रीय सभापति राम आर्या , फैयाद मिया लगायतका नेताहरुको समेत उपस्थिती रहेको थियो । सहसचिव कृष्ण पास्वानले संचालन गरेका उक्त कार्यक्रम महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भएको थियो ।



