Birgunj News24
“जनताको घरघर पुग्दै समस्या सुन्ने” अभियानमा सीए अजय चौरसिया।

वीरगञ्ज ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सीए अजय चौरसियाले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।
अभियान अन्तर्गत विशेषगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ लिपनीविर्तामा सम्पन्न घरदैलो कार्यक्रममा आम नागरिकहरूको उल्लेखनीय उपस्थिति र उत्साहजनक समर्थन देखिएको छ। चौरसियाले घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए।
घरदैलोका क्रममा उम्मेदवार चौरसियाले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिक एजेन्डाका रूपमा अघि सार्दै ती क्षेत्रको सुधारका लागि आफू प्रतिबद्ध रहेको बताए।
अभियानलाई सम्बोधन गर्दै चौरसियाले भने,
“हामी जनताको घर–घर पुगेर उनीहरूका समस्या सुन्ने र समाधान गर्ने स्पष्ट प्रतिबद्धता बोकेर अघि बढेका छौं। नागरिकहरूको यो समर्थनले हामीलाई थप ऊर्जा दिएको छ।”
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले चौरसियाको सक्रियता तथा पार्टीको नीति–कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्।

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update