पर्साका चारसय भन्दा बढी जेन्जी युबाहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रबेश गरेका छन । आज बिरगंजको रोयल पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा जेन्जी युबा नेता परबेज सेखको नेतृत्वमा कमलेश पटेल , रन्जित साह कल्वार , साहिल सेख , सन्नी अलि, आनन्द चौहान ,अजय पन्डित सेख अल्ताफ , पृयन्जन यादब , सन्जीत साह र दनिश सेख लगायतका चार सय भन्दा बढी युबाहरु रास्वपा पार्टी प्रवेश गरेका हुन । रास्वपा प्रबेश गर्दै जेन्जी नेता परबेज सेखले राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र मुलुक परिबर्तन गर्न सक्ने हुँदा पर्साका जेन्जी युबाहरु रास्वपा प्रबेश गरेकोले पर्सामा रास्वपा लाई जिताउन अब सम्पुर्ण जेन्जी युबा शक्तीहरु लागि पर्ने बताए । उनले जेन्जी युबाहरु सुदन गुरुङ , पुर्शोतम यादव लगायत मुख्री जेन्जी नेताहरू रास्वपा प्रबेश गरिसकेकोले अब रास्वपाले नै जेन्जी आन्दोलनलाइ सम्बोधन गर्नसक्ने हुनाले आफुहरुको रोजाइमा रास्वपा परेको बताए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै पर्सा सभापति एबम पर्सा १ का प्रतिनिधि सभा सदस्य् उम्मेदवार हरि पन्तले जेन्जी युवाहरु नै आफ्नु सम्पत्ति भएको र चुनाव लड्न युबा सम्पत्ति पाएकोले ढुक्कसँग आफुले चुनाब जित्ने बताए । सभापति पन्तले युबाहरुलाइ चुनाब मा हुने पैसाको चलखेल कानुन सम्मत तरिकाले रोक्न समेत निर्देशन दिए । कार्यक्रम महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भएको थियो ।



