Birgunj News24
जुनियर स्पोर्ट्स फिएस्टा: लिटिल एन्जलका विद्यार्थीहरूमा खेलकुद उत्साह।

वीरगञ्ज।
वीरगञ्ज महानगरपालिका वडा नं. २४ रामगढुवामा रहेको लिटिल एन्जल बोर्डिङ स्कुलले ‘जुनियर स्पोर्ट्स फिएस्टा’ नामक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नर्सरीदेखि कक्षा ४ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिएको थियो।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा लुकेका प्रतिभाहरूको पहिचान तथा विकास गर्नु रहेको प्रिन्सिपल पाख्रिनले बताए। उनले विद्यार्थीहरूलाई पठन–पाठनसँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरे। खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा स्वास्थ्य विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
विद्यालयका सञ्चालक मनि पाख्रिनले आजको प्रतिस्पर्धात्मक युगमा शिक्षा मात्र पर्याप्त नहुने बताउँदै खेलकुद, हस्तकला, सांस्कृतिक नृत्य, डान्स, ब्याडमिन्टन, चेस, क्रिकेट, फुटबल, कबड्डी लगायतका क्रियाकलापहरूमा विद्यार्थीहरूलाई सहभागी गराउनु आवश्यक रहेको बताए। यस्ता क्रियाकलापले विद्यार्थीहरूको प्रतिभा उजागर भई समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा भविष्य निर्माण गर्न सहयोग पुग्ने उनको धारणा थियो।
खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update