Birgunj News24
शुशिल साह कानुद्वारा वीरगञ्ज–१ मा बिहानै घरदैलो अभियान।

वीरगञ्ज, १७ माघ। पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार शुशिल साह कानुले आज बिहान वीरगञ्ज महानगरपालिका वडा नं. १ स्थित छपक्कै टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
‘युवाको नारा, परिवर्तनको आधार’ भन्ने सन्देशका साथ कानुले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरे। अभियानका क्रममा समर्थक तथा युवाहरूले ‘हर–हर घण्टी’को नारा लगाउँदै घण्टी बजाएर वातावरणलाई उत्साहपूर्ण बनाएका थिए।
घरदैलोका क्रममा उम्मेदवार कानुले सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै संसदमा नयाँ सोच र नयाँ अभ्यासको आवश्यकता रहेको बताए। स्थानीय युवाहरूले पनि पुराना राजनीतिक प्रवृत्तिभन्दा फरक, परिणाममुखी र जवाफदेही नेतृत्वको अपेक्षा रहेको प्रतिक्रिया दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले पर्सा निर्वाचन क्षेत्र नं. २ मा युवाकेन्द्रित अभियानलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको जनाएको छ। उम्मेदवार कानु पछिल्ला दिनहरूमा निरन्तर घरदैलो तथा जनसम्पर्क कार्यक्रममा सक्रिय देखिएका छन्।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update