Birgunj News24
शैक्षिक सहिद मुकुन्द प्रसाद खनालको स्मृति दिवसमा मानवसेवा आश्रममा सप्रेम भोजन कार्यक्रम सम्पन्न ।

४ माघ बिरगंज लालबाबु सिंह ।

शैक्षिक सहिद मुकुन्द प्रसाद खनालको स्मृती दिवसको अवसरमा आइतबार प्रतिष्ठानका अध्यक्ष मुना खनाल को अध्यक्षतामा मानव सेवा आश्रम,बीरगंजमा बेलुकाको खाना खुवाएर सम्मान प्रकट गर्दै सुसम्पन्न गरेको छ । 
सो कार्यक्रममा प्रमुख अतिथी प्रतिष्ठानका वरिष्ठ सल्लाहकार समाजसेवी अधिवक्ता प्रकाश कुमार उपाध्याय ,बिशिस्ट अतिथी सल्लाहकार ठाकुरराम बहुमुखी क्याम्पसका पुर्वसभापति प्रमोद कुश्वाहा,समाजसेवी प्रेमशंकर सिंह ,नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्दलाल अहिर ,अमरटोल सुधार समितिका अध्यक्ष सन्जय पटेल, मानवसेवा आश्रम बिरगंजका प्रमुख देवेश गुप्ता, समाजसेवीहरु रितेश गुप्ता, अरुण पुरी , उपाध्यक्ष पत्रकार युवराज खडका बिकन स्कुलका प्रधानाध्यापक जय कुमार दनुवार , सदस्यहरू श्रवण बहादुर रायमाझी,नवराज भट्टराई, पत्रकार सुर्य बिक,नेहा मिश्रा तथा आमन्त्रित सदस्य सुभास सिंह लगायतको सहभागिता रहेको थियो।
 सो अवसरमा प्रमुख अतिथी उपाध्यायले आदरणीय गुरु शैक्षिक सहिद मुकुन्द खनालको बिरगंजलाई कर्मथलो बनाइ ठाकुरराम क्याम्पसमा अध्यापन गराइ शिक्षाको ज्योती फैलाउनु को साथै सामाजिकसेवामा आफ्नो जिवनै अर्पण गर्नु भएको आफुलाई अझै झलझली सम्झना आइरहेको बताउदै उहाको सपना सेवा लाई प्रतिष्ठानले छोटो समयमा शिक्षा , स्वास्थ्य लगायत समाजिकसेवाको क्षेत्रमा विभिन्न कार्यक्रम मार्फत गरेका सुकार्यहरु निकै प्रासंगिक एवं प्रसंशनिय रहेकोमा प्रतिष्ठान परिवारलाइ बधाई दिदै दिनदुखी असहायहरुको सेवा सहयोग नै हामी  मानवको सर्बोत्तम धर्म हो कर्म हो र यो खनाल सरको दिनचर्यामा पर्दथ्यो भनी सम्पूर्णले सेवाभाव प्रती समर्पण हुन आग्रह गर्नु भयो ।
सो अवसरमा बिशिस्ट अतिथि पत्रकार एवं ईन्सेकका प्रतिनिधी पत्रकार तुलसी भण्डारीले शैक्षिक सहिद मुकुन्द खनालको शिक्षा एवं समाजिक क्षेत्रमा गरेका अविस्मरणीय योगदानलाई थप प्रज्ज्वलन गर्न प्रतिष्ठान परिवारले गरेको विभिन्न  कार्यक्रमहरु बाट प्रष्ट भएको बताउदै दिनदुखी असहायको सेवा स्थल मानवसेवा आश्रममा आएर दिनदुखी असहायको सेवा गरि स्मृति दिवस मनाएर उदाहरण पेश गरेकोमा आफू निकै हर्षित भएको बताउदै प्रतिष्ठान परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।
 सो अवसरमा प्रतिष्ठानका अध्यक्ष एवं  शैक्षिक सहिद खनालका जेष्ठ सुपुत्री मुना खनालले मानवताको बलियो उदाहरण जहाँ सेवाभाव जताततै चारैतिर बिधमान रहेको सुन्दर मन्दिर मानवसेवा आश्रममा आएर केही सानो सहयोग र सेवा गर्न पाउँदा आफुहरु निकै हर्षित भएको र पच्छिल्लो वर्ष पनि हामी यहि नै आएर स्मृति दिवस मनाएका थियौ र आउने समय पनि यहाका आश्रितहरु संग हामी रहने छौ उहाको सुख दुख संग प्रतिष्ठान सधै रहने बताउदै आफ्नो अमुल्य समय निकालेर सहभागी सम्पुर्ण अतिथी ,सल्लाहकार ,शुभेच्छुक ,पदाधिकारी सदस्यजन एवं खास गरि आश्रमका प्रदानसेवक देवेश गुप्ता र आश्रम परिवारको सेवाभाव प्रती हार्दिक आभार व्यक्त गर्नु भयो ।
प्रतिष्ठानका उपाध्यक्ष पत्रकार  खडकाले धन्यवाद मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सचिव लालबाबु सिंहले गरेका थिए ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  २०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update