Birgunj News24
नेपाली काँग्रेस लोकतन्त्रको आत्म हो यसलाई बिवादमा अल्झिने छुट छैन बिधिको शासन र स्वभिमानको लागि अव नेकाले जित्नुपर्छ : रुँगटा।

वीरगञ्ज । नेपाली कांग्रेस पर्सा प्रतिनिधिसभा क्षेत्रीय समितिले वीरगञ्जमा बृहत् राजनीतिक भेला सम्पन्न गरेको छ।  लक्ष्मी नारायण पार्टी प्यालेसमा आयोजित भेलामा पार्टीको संगठन सुदृढीकरण, आगामी निर्वाचनको तयारी तथा वर्तमान राजनीतिक अवस्थाबारे व्यापक छलफल गरिएको छ।
 
भेलामा नेपाली कांग्रेसका केन्द्रीय तथा जिल्ला तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संविधानसभा सदस्य  अनिल रुँगटा, पार्टी पर्साका उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव एवम् वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अनिल सिंह, नेपाली काँग्रेसका महिला नेतृ शान्ति कार्की, बिभिन्न वडाबाट निर्बाचित वडा अध्यक्षहरु , नेपाली काँग्रेसका नेता तथा कार्यकर्तहरुको उल्लेख्य सहभागिता रहेको थियो 
 
कार्यक्रमलाई सम्बोधन गर्दै नेता  रुँगटाले विगतका अनुभव र इतिहासलाई सम्मान गर्दै भविष्य केन्द्रित राजनीति गर्नुपर्नेमा  जोड दिए। उनले नेपाली कांग्रेस भित्रको समस्या एउटा पक्ष हो तर नेपालको लोकतन्त्रको मजवुतीका निम्ति नेपाली कांग्रेस नै आवश्यक शक्ति भएको बताए । आगामी संसदीय दलका उम्मेदवारको रुपमा समेत परिचित नेता रुँगटाले जो जहाँ जस्तो अवस्थामा रहेको भएपनि बर्तमान परिस्थितिबाट कोही पनि आत्तिनु नहुने धारणा राख्नुहुँदै देश र जनताको आवश्यकता लोकतन्त्रको रक्षा गर्नु हो त्यस सवालमा नmेलाली काँग्रेसको हरेक नेता तथा कार्यकर्ता एकै ठाउँमा खडा भएर जनताको हितमा काम गर्ने आवश्यकता रहेको समेत बताए । उनले बिधिको शासन ओझेलमा परेको बेला आपसी समस्या फेरि समाधान गर्ने बरु अहिले काँग्रेसी जन एक भएर लोकतन्त्र बिरोधी शक्तिहरुलाई प्रहार गर्नुपर्ने समेत बताउनुभयो ।     

उनले दक्षीण एशियामा काठमाण्डौ नै सबैको अभिब्यक्ति स्वतन्त्रताको केन्द्र बनेको चर्चा गर्दै त्यो नेपाली कांग्रेसको नेतृत्वमा मात्र सम्भव भएको र फेरी पनि नेपाली कांग्रेसले नै लोकतन्त्रको रक्षका निम्ति योगदान दिनु पर्ने बताए ।     

उनले आगामी निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको संगठनात्मक अवस्था मजबुत बनाउने, कार्यकर्ता परिचालन गर्ने तथा स्थानीय तहमा जनसम्पर्क विस्तार गर्ने विषयमा रणनीतिक रपमा तयारी गर्नु पर्नेमा जोड दिए।  नेताहरूले आन्तरिक एकता र अनुशासन कायम गर्दै पार्टीलाई चुनावी प्रतिस्पर्धामा बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update