Birgunj News24
सामाजीक कर्म गर्ने युवालाई  स्थानीय दाता र ठोरी गाँउ पालीकाको सहयोग अटो हस्तान्तरण ।

बिरगंज पौष , २८ 

क्यान्सर पिडीत बिरामीलाई बिहानी समयमा अस्पताल सम्म नि शुल्क बिरामी बोक्दै आएका ठोरी १ का आकाश अर्याललाई स्थानीय युवा दाता र ठोरी गाँउपालीकाको सहयोगमा करीब ६ लाख बराबरको अटो हस्तान्तरण गरीएको छ । लामो समय देखी बिरामीलाई नि-शुल्क अटो सेवा गर्दै आएका आकाशलाई आफ्नो सेवालाई निरन्तरता दिनका लागी ठोरी गाँउपालीकाले ३ लाख र बाकीँ ५४ जना युवादाताले ३ लाख संकलन गरेर भरतपुर-०९  मिस्ट गार्डेनमा  आज एक कार्यक्रमका बिच अटो हस्तान्तरण गरीएको हो । अभियान भर  स्थानीय दाता संग रकम संकलन गर्न धिर सिँह घिमीरे र सन्तोष श्रेष्ठले नेतृत्व लिएका थिए । कार्यक्रममा बोल्ने अधिकाशंले ठोरीको युवाले भरतपुरमा गरेको सामाजीक काम प्रती खुलेर प्रंशशा गरे । कार्यक्रममा बोल्दै आकाश अर्यालले आफ्नै गाँउका स्थानीय दाताले र स्थानीय सरकारले आफुले गरेको कामलाई उचित मुल्यांकन गरेको प्रती धन्यवाद ब्यक्त गरे । आफुले आज सम्म ५ हजार बिरामीलाई नि-शुल्क सेवा दिई सकेको जानकारी दिए ।
@everyone @highlight

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १९:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update