Birgunj News24
३०४औँ पृथ्वी जयन्तीमा राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण।

राष्ट्रपति रामचन्द्र पौडेलले ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्।

कार्यक्रम स्थलमा राष्ट्रपति पौडेलको आगमनसँगै नेपाली सेनाको एक टुकडीले सम्मानस्वरूप सलामी अर्पण गरेको थियो। समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा राष्ट्रिय सभाका अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

हरेक वर्ष २७ पुसमा मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै विविध कार्यक्रम आयोजना गरिन्छ। यस वर्ष पनि देशभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदैछ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १३:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update