बिरगंज पुस २०
२५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा जि.पर्सा बीरगंज म.न.पा.२८ बगहि बस्ने अं.बर्ष ३६ को मन्सी पटेल (मधेश आन्दोलनका जिउँदो शहिद) को घरमा नं.१३ गण हे.क्वा.पर्साका गणपति सप्रउ पुरन चन्द्र भट्टले भेटघाट गर्नुभई निजलाई न्यानो कपडा (कम्बल) र खाद्यान्न सामाग्री वितरण गर्नुभएकोमा विभिन्न व्यक्तिहरुबाट सहयोग प्राप्त भई निर्माण भएको निजको जस्ताले छाएको ३ कोठे घरमा विद्युतको व्यवस्था नभएकोले गणपति पुरन चन्द्र भट्टले स.प्र.वल नेपालको तर्फबाट निजको घरमा विद्युत वाईरिङ्ग गरिदिने प्रतिबध्दता व्यक्त गर्नुभएकोमा मिति २०८२।०९।२४ र २५ गते नं.१३ गण हे.क्वा.पर्साबाट खटिगएको टोलीले निजको घरको ३ वटै कोठा र बाहिर पट्टि वाईरिङ्ग गरि पंखा समेत जडान गरेको।
सुचना अधिकारी
स.प्र.ना.उ.मोहनराज निरौला ले जान कारी गराये ।



