Birgunj News24
सशस्त्र प्रहरी बल नेपाल पर्साको सहकार्यमा महिला कैदीबन्दीलाई सल तथा न्यानो कपडा वितरण।

सशस्त्र प्रहरी बल नेपाल पर्साको सहकार्यमा महिला कैदीबन्दीलाई सल तथा न्यानो कपडा वितरण
वीरगञ्ज, पर्सा । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको सहकार्यमा लायन्स क्लब वीरगञ्जको आयोजनामा कारागारमा रहेका महिला कैदीबन्दीहरूलाई सल तथा न्यानो कपडा वितरण गरिएको छ।
मिति २०८२/०८/२४ गते बिहान ०९:१५ बजे, वीरगञ्ज महानगरपालिका–५ स्थित कारागार कार्यालय पर्सामा आयोजित कार्यक्रममा महिला कैदीबन्दीहरूलाई ६२ थान सल तथा उनीहरूसँग रहेका ५ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो।
कार्यक्रममा लायन्स क्लब वीरगञ्जका अध्यक्ष सुरेश कुमार रुङ्गटा, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, कारागार प्रशासक उप–सचिव बाबुलाल रेग्मी, कारागार सुरक्षा बेस वीरगञ्जका बेसपति सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरी घिमिरे तथा कारागार सुरक्षा गार्डका प्रहरी नायब निरीक्षक डम्मर बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनका अनुसार जाडो मौसमलाई मध्यनजर गर्दै मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो।
कार्यक्रमले कारागारमा रहेका महिला कैदीबन्दी तथा उनीहरूसँग आश्रित बालबालिकालाई राहत पुग्ने विश्वास लिइएको छ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update