काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज पनि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउँदै छन् ।
निर्वाचन आयोगले तोकेअनुसार समाुनपातिकतर्फको बन्दसूची बुझाउन सोमबार अन्तिम दिन हो ।
आयोगले २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि निर्धारण गरेको निर्वाचन कार्यक्रमअन्तर्गत आइतबारदेखि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउन सुरू गरिएको थियो ।
निर्वाचन कार्यक्रमअनुसार सोमबार कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ । आइतबार केही दलहरूले समानुपातिक बन्दसूची पेस गरिसकेका थिए ।
प्रकाशित मिति: सोमबार, पुस १४, २०८२ १३:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



