जनकपुर । सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनलाई सुदृढ बनाउने उद्देश्यले मधेश प्रदेशमा सरोकारवालाबीच छलफल कार्यक्रम सम्पन्न भएको छ।
मिडिया काउन्सिल, मधेश प्रदेशको संयोजनमा आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, जनकपुरमा आयोजित छलफलमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिव तथा सूचना अधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्य, मधेश प्रदेश सरकारका प्रमुख सचिव रामकुमार महतो र राष्ट्रिय सूचना आयोगका सचिव दीर्घराज मैनालीको विशेष उपस्थिति रहेको थियो।
छलफलमा सूचनाको हकसम्बन्धी विद्यमान कानुनी व्यवस्था, त्यसको व्यवहारिक कार्यान्वयनमा देखिएका चुनौती तथा सूचना प्रवाहलाई अझ पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउने विषयमा विस्तृत विचार–विमर्श गरिएको थियो।
सहभागीहरूले सरकारी निकायबाट समयमै र सही सूचना उपलब्ध गराउने दायित्वलाई थप जिम्मेवारीका साथ निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
छलफलले प्रदेशस्तरमा सूचना ।हकसम्बन्धीको अधिकारको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको मिडिया काउन्सिलका प्रमुख सुरेश यादवले बताए ।



