Birgunj News24
अदालतले जे फैसला गर्छ त्यहीअनुसार हुन्छ - अध्यक्ष ओली।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए चुनावमा जान आफू नेतृत्वको पार्टी तयार रहेको बताएका छन् ।‘निर्वाचनको परिस्थित सरकारले बनाउँछ भने हामी निर्वाचनमा सहभागी हुन्छौँ। हामी चुनावमा जान्छौँ बहुमत ल्याउछौँ,’ उनले भने, ‘स्वतन्त्र, धाँधलीरहीत चुनाव होस् । हामी त्यही समयको पर्खाइमा छौँ । हामी जस्तो पनि परिस्थितिका लागि तयार छौँ ।’उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीको संयुक्त बैठकमा भएको विषयमा पनि उल्लेख गरे ।
‘राष्ट्रपतिलाई हामीले भन्यौँ चुनाव विरोधी हामी होइनौँ। प्रतिगमन हुन हुँदैन भन्यौँ । प्रतिनिधिसभा पुनर्स्थापना छिटो हुनुपर्छ भन्ने कुरा भयो । यो अदालतमा छ अदालतले जे फैसला गर्छ त्यहीअनुसार हुन्छ,’ उनले भने, ‘प्रधानमन्त्री, राष्ट्रपति चुनाव गरौँ भन्नुहुन्छ । तर, वातावरण बनेको खोई रु अहिले पनि विभिन्न आक्रमण भइरहेका छन् । नेताहरूलाई कतै जान दिइएको छैन । यसरी निर्वाचनको वातावरण हुन्छ ?’

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update