Birgunj News24
फागुन २१ को निर्वाचनका लागि जनमत पार्टीले पर्साका चारै क्षेत्रमा उम्मेदवार टुंग्यायो ।

वीरगञ्ज, ९ पुस ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जनमत पार्टीले पर्सा जिल्लाका चार वटै निर्वाचन क्षेत्रका उम्मेदवारको सिफारिस गरेको छ।
पुस ९ गते बुधबार सम्पन्न जनमत पार्टीको क्षेत्रीय बैठकले पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रबाट चार जना उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट पार्टीका केन्द्रीय सदस्य अनिरुद्ध प्रसाद कलवार, क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य इस्लाम हवारी, क्षेत्र नम्बर ३ बाट केन्द्रीय सह–महासचिव नेजामुदिन समानी तथा क्षेत्र नम्बर ४ बाट जिल्ला अध्यक्ष राजेश कुमार साहलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष राजेश कुमार साहले उक्त जानकारी दिएका हुन्।

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  २२:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update