Birgunj News24
प्रमुख अतिथी लायन्स क्लबका डिष्ट्रीक गवर्नर विनय बस्नेत द्वारा वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग हस्तान्तरण ।

९ पौष वीरगन्ज । लायन्स क्लब अफ वीरगन्ज ग्रीन क्याम्पस द्वारा वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग गरेको छ । प्रमुख अतिथी लायन्स क्ल्बका डिष्ट्रीक गभर्नर विनय बस्नेतले बिरगंज कपडा बैंकको कार्यालयमै पुगेर २ बोरा कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरेका हुन । साथै बिशिस्ट अतिथी 1 VDG रामबिहारी पाण्डेले बैंकका अध्यक्षको सामाजिक सेवाभावको सम्मान गर्दै लायन्स ब्याच प्रदान गरेका थिए ।
सो अवसरमा बिशिस्ट अतिथी सामुदायिक आँखा अस्पतालका संचालक नेत्ररोग विशेषज्ञ डा.महेश सिंह धामि ,लायस क्लबका पुर्व डिष्ट्रीक गभर्नर अमर बहादुर श्रेष्ठ ,प्रथम भिडिजी राम बिहारी पाण्डे,डिष्ट्रीक सचीव सर्जन चापागाईं ,कोषाध्यक्ष चन्द बहादुर श्रेष्ठ ,डिष्ट्रीक एक्जुयुटिभ चिफ बासु तिमिल्सिना र रिकेश साह, डिष्ट्रीक को चिफ उमेश साह कानु र उमेश शर्मा,डिष्ट्रीक चिफ श्याम गुप्ता,एरिया चिफ रामेश्वर प्रसाद गुप्ता,रिजन चेयर पर्सन संदिप गुप्ता,जोन चेयर पर्सन डा. लक्ष्मी थापा र रितिका जैसवाल , परिवार अध्यक्ष नरोत्तम पाण्डे लगायत लायन्स क्लबका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।
 सो अवसरमा प्रमुख अतिथि डिष्ट्रीक गभर्नर बस्नेतले लायन्स क्लब , तिलगंगा आँखा अस्पताल र बिरगंज सामुदायिक आँखा अस्पतालको सन्युक्त सहयोगमा बारा र पर्सा जिल्लाका बिभिन्न ग्रामीण भेगका बासिन्दाहरुको जीवन उज्ज्यालो बनाउने प्रण अनुरुप आँखा चेकजाँच शिविरको आयोजना गरि ५ हजार मोतियाबिन्दुको अप्रेसन गर्ने लक्ष्य अनुसार आज ३हजार भन्दा बढिको अप्रेसन सुसम्पन्न गर्न सकेको अवसरमा हामी असाध्यै आनन्दीत भएको बताउदै वीरगन्ज कपडा बैंकले विगत केही वर्ष देखि कार्यालय स्थापना गरेर नियमित रुपमा र दिन दुखी असहाय लगायत आगलागी, बाढी पिडितहरुको घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवाभाव प्रती म र हामी सबै लायन्स परिवार खुशी भएका छौ र बिपन्न असहायहरुले नया कपडा किन्न नसकनेहरु लाइ नया जस्तै कपडा उपलब्ध गराउन हामिले वीरगन्ज कपडा बैंकको सुकार्यमा हातेमालो गर्न केही कपडाहरु सहयोग लियेर आएका छौ साथै आगामी दिनमा हाम्रो साथ सहयोग रहनेछ भनी प्रतिबद्धता व्यक्त गर्दै हौसला बढाएका थिए । 
 सो अवसरमा बिशिस्ट अतिथी 1st VDG राम बिहारी पाण्डेले तपाई संग धेरै छ भने हामिलाइ दिएर जानुस र तपाईं संग छैन वा आवश्यकता छ भने हामी संग निशुल्क लियेर जानुस को मुलमन्त्रलाइ आत्मसात गरि कोइ नाङ्गो नरहोस ,सबैले नया नभए पनि सुकिलो र जाडो समयमा न्यानो कपडा लगाओस भनेर निरन्तर सेवा सहयोग गरिरहेको बैंकको सुकार्यको मुक्त कण्ठले प्रसंशा गर्दै लायन्स क्लब देश विदेशमा आपत विपतमा परेका दिन दुखी असहायको निस्वार्थ रुपले सेवा सहयोग गरिरहेको र अहिले पर्सा बाराका ५ हजार दलित असहाय बिपन्नहरुको आखाको अप्रेसन गरिरहेको र यो क्रम जारी रहेको बताउदै हामिसबैले नेक कार्य गर्ने संघ सस्थाहरु मिलेर आपसमा हातेमालो गरि मानवता बलियो बनाउन आग्रह पनि गरेका थिए ।
 कपडा बैंकका अध्यक्ष सिंहले लायन्स क्लब विभिन्न समयमा विभिन्न सेवामुलक कार्यहरु गर्नुका साथै अहिलेको समयमा पर्सा र बारा जिल्लाका विभिन्न स्थानहरुमा आँखा शिविरको आयोजना गरि ५ हजार अस्शस्री बिपन्नहरुको आखाको मोतियाबिन्दुको अप्रेसन गरि दिन दुखी असहायको सेवा सहयोगमा सकृय भुमिका निभाउदै मानवता बलियो बनाउदै आएको बताउदै बैंकको अभियानलाइ नियमित रुपमा कपडा सहयोग गरि उर्जा थपेकोमा बैंकका तर्फबाट लायन्स परिवार प्रती हार्दिक आभार प्रकट गरेका थिए ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  २१:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update