Birgunj News24
नेरामाबी श्रीपुरका २०४३ SLC विद्यार्थी समुह द्वारा वीरगन्ज कपडा बैकलाई कपडा सहयोग प्रदान  ।

५ पौष वीरगन्ज । नेपाल राष्ट्रिय माध्यमिक बिधालय श्रीपुर मुर्ली बिरगंजका २०४३ सालको SLC बिद्यार्थी समुहले वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग गरेको छ । समुहका अध्यक्ष सुमन प्रसाद एवं सन्योजक राज कुमार श्रेष्ठको नेतृत्वमा सदस्यहरु नवीन बिक्रम शाह,राजेश लिम्बु ,सुमन श्रेष्ठ ,सुर्य प्रसाद श्रेष्ठ ,अजय बर्णवाल,हृदयनारायण प्रसाद,अशोक कम्ती,दिपक कुवर,विश्वनाथ साह,पप्पु कलवार,असलम अन्सारी ,अजिम हवारी,किरण गिरि,समिम अख्तरले ९ बोरा र १४  झोला कपडाहरु वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह र सल्लाहकार श्रवण बहादुर रायमाझीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा पत्रकार कन्हैया गुप्ताको सहभागीता रहेको थियो ।
 सो अवसरमा SLC समुहका अध्यक्ष साहले वीरगन्ज कपडा बैंकले विगत केही वर्ष देखि दिन दुखी असहाय , आगलागी बाढी पिडितहरुको बिरगंज र पर्साको ग्रामीण भेगमा घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवाभाव प्रती हामी सबै खुशी भएका छौ र उहाहरुको कार्यमा हातेमालो गर्न हामी सबैको घरमा रहेको केही कपडाहरु ल्याएर सहयोग गरेका छौ । बिगतमा समुहहले हामी पढेका यसै बिधालयका शिक्षकहरु लाई सम्मान कार्यक्रम ,मानवसेवा आश्रममा खाधान्न सामाग्री सहयोग कार्यक्रम ,दशै पर्वको मेलामा गहवामाइ दर्शन गर्न आउने भक्तालु श्रदालुजनहरुलाइ नास्ता खुवाउने कार्यक्रम ,ईद पर्वमा रोजा व्रत गर्नेलाई साझ अफ्तारी ( नास्ता) कार्यक्रमको आयोजना लगायतका सामाजिक सेवाका कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा यस्तै विभिन्न सेवामुलक कार्यक्रम गर्ने र बिरगंज कपडा बैंकको सुकार्यमा समुहको साथ सहयोग रहनेछ भनी प्रतिबद्धता ब्यक्त गरेका थिए । 
 सो अवसरमा बैंकका अध्यक्ष लालबाबु सिंहले तपाई संग धेरै छ भने हामिलाइ दिएर जानुस र तपाईं संग छैन वा आवश्यकता छ भने हामी संग निशुल्क लियेर जानुस को मुलमन्त्रलाइ आत्मसात गरि कोइ नाङ्गो नरहोस सबैले नया नभए पनि सुकिलो र जाडोमा न्यानो कपडा लगाओस भनेर विगत ७ वर्ष देखि वीरगन्ज -८ मा कार्यालय स्थापना गरि शनिबार बाहेक ६ दिन बिहान १० देखि ५ बजे सम्म र महिनाको १ दुई पटक बिरगंजको घण्टाघरमा र पर्सा र बाराको ग्रामीण स्थानहरुमा सेवा प्रवाह गर्दै आइरहेको बताए । नेरामाबी श्रीपुर का २०४३ SLC समुहले समाजिक सेवाको क्षेत्रमा विभिन्न सेवामुलक कार्यहरु गर्नुका साथै दिन दुखी असहायको सेवा सहयोगमा सकृय भुमिका निभाउदै आएकोमा आफुलाइ निकै खुशी लागेको बताउदै कपडा बैंकको माध्यमबाट बिपन्नहरुको लागि कपडा सहयोग गरेकोमा बैंकका तर्फबाट हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि समुहको सहयोग जारी रहनेमा आशावादि रहेको र आउने समयमा  जाडो बढ्ने हुनाले पुरानाका साथै न्यानो कपडा ,कम्बलहरु सहयोग गर्न समितिका सम्पुर्ण पदाधिकारी सदस्यहरु लाई आग्रह समेत गरेका छन ।

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update