Birgunj News24
सशस्त्र प्रहरी बल, नेपाल पर्साद्धारा १६,०८,८६०।-बराबरको सामानहरु भन्सार दाखिला ।

बिरगंज ,पुष ०४ गते सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्साबाट खटिएको टोलिले जिल्ला पर्सा वीरगंज महानगरपालिका-२५ खलवा नाका स्थित भारतबाट अबैध रुपमा भन्सार छली विभिन्न सवारी साधनहरुमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको मुल्य रु.७,५६,४९०। बराबरको कपडा र कस्मेटिक सामानहरु बरामद गरि आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालमा बुझाएको छ ।

मिति २०८२।०९।०४ गते सशस्त्र प्रहरी बल,नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा.वीरगंजबाट खटिएको टोलिले जिल्ला पर्सा वीरगंज महानगरपालिका-१५ खलवा नाका स्थित भारतबाट अवैध रुपमा साईकलमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको मुल्य रु. ७,४९,८००।- बराबरको कपडा,किराना,कफिदाना तथा कस्मेटिक सामानहरु बरामद गरि आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको ।

त्यसै गरि सशस्त्र प्रहरी बल,नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा.अलौबाट खटिएको टोलिले जिल्ला पर्सा विरगंज महानगरपालिका-१७ कोनिया स्थित भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ साईकलमा ल्याउँदै गरेको मुल्य रु.१,०२,५७०।- बराबरको किराना र एयरबट बरामद गरि आवश्यक कारवाही लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।सुचना अधिकारी
स.प्र.ना.उ.विश्वराज योन्जन ले जान्कारी गराये ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update