पर्सा ।
परवानीपुर गाउँपालिका वडा नं. १ देखि ५ सम्म निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
शिविर पशु सेवा शाखा प्रमुख कृष्ण कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न भएको हो। शिविरमा साँझको समयमा पशुहरूलाई लक्षित गरी स्वास्थ्य जाँच, उपचार, औषधि वितरण तथा बाँझोपनसम्बन्धी निःशुल्क सेवा प्रदान गरिएको थियो।
शिविर मंसिर २८ गते आइतबारदेखि पुस ३ गते बिहीबारसम्म सञ्चालन गरिएको थियो।
शिविर सञ्चालनका क्रममा पशु प्राविधिक टोलीमा अनिल कुमार मण्डल, सिपाहीलाल साह, विवेक गुप्ता, जय राम राम, त्रिभुवन गुप्ता, सुनील प्रजापति, गणेश राम, धर्मेन्द्र मण्डल र घनश्याम साह लगायत अन्य प्राविधिकहरूको सक्रिय सहभागिता रहेको थियो।
स्थानीय पशुपालक किसानहरूले शिविरबाट उल्लेखनीय लाभ लिएको जनाउँदै यस्ता कार्यक्रमले पशु स्वास्थ्य सुधार, बाँझोपन समस्या न्यूनीकरण तथा पशु उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।



