बीरगंज स्थित महावीर मन्दिर नजिकै मंगलबार पुर्व राजा महेन्द्र शाहको १०६ अौ जन्म जयन्ती धुमधामले मनाएको छ। देशभक्त राजभक्त पर्सा बीरगंजको आयोजनामा मंगलबार महावीर मन्दिर नजिकै पुर्व राजा महेन्द्र शाहको जन्म जयन्ती मनाएको हो ।देभभक्त राजभक्तका केन्द्रीय अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा सम्पन्न सो जन्म जयन्ती समारोहमा बक्ताहरुले राजा चाहियो राजाले मात्र देशमा शान्ति कायम गर्न सक्छ भन्दै चर्को स्वरमा नारा बाजि लगाएका थिए। केन्द्रीय अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारले देशमा भ्रष्टाचार मौलाएको देशमा सुशासन जनताले अनुभुती पाउन नसकेको महगी बढेको भन्दै यस्तो सासन अन्त गर्नुपर्ने बताएका छन् ।जन्म जयन्ती समारोहमा महेन्द्र प्रसाद साह,शम्भु चौरसिया,पुर्व लायन्स क्लबका गभर्नर नेपाल भारत मन्त्री संघको पुर्व अध्यक्ष राजकुमार सिन्धी,अब्दुल सतार अन्सारी ,जनकलाल साह,अनुराणा शाह,विरेन्द्र थापा ,ध्रुव सिंह ठकुरी ,कमल घिमिरे सुशील लामा लगायतको उपस्थित रहेको थियो ।



