Birgunj News24
जनमत पार्टी पर्सा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा उम्मेदवार सिफारिस, १३ सदस्यीय कोर कमिटी गठन।

अभिलाष गुप्ता 
बिरगंज ०१ पौष 

पर्सा क्षेत्र नं. ४ अन्तर्गत जनमत पार्टीद्वारा हिजो सम्पन्न निर्वाचन क्षेत्रीय स्तरीय बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ। बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा गहन छलफलपछि प्रतिनिधिसभा उम्मेदवारका लागि महिला नेत्री सिमा गुप्तालाई सर्वसम्मत रूपमा एकल नाम सिफारिस गरिएको छ।

बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक संरचना सुदृढ बनाउने उद्देश्यले जगदीश पटेलको संयोजकत्वमा १३ सदस्यीय कोर कमिटी समेत गठन गरेको छ। कोर कमिटीले निर्वाचन तयारी, जनसम्पर्क विस्तार तथा पार्टी गतिविधिहरूलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी पाउने बताइएको छ।

यसैबीच, जनमत पार्टी पर्सा क्षेत्र नं. ४ को अर्को बैठक पौष ०५ गते शनिबार दिउँसो १२ बजे कालिकामाई गाउँपालिका–४, कटी बलुवामा बस्ने कार्यक्रम तय गरिएको छ। उक्त बैठकमा आगामी रणनीति, संगठन विस्तार तथा निर्वाचन सम्बन्धी थप कार्ययोजना बारे विस्तृत छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update