Birgunj News24
ब्राह्मण समाज नेपाल पर्साको जिल्ला इन्चार्जमा डा. पुरुषोत्तम दुबे नियुक्त।

वीरगञ्ज २९ मंसिर 

ब्राह्मण समाज नेपाल, पर्सा जिल्लाको जिल्ला इन्चार्ज (कार्यकारी अध्यक्ष) पदमा ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबेलाई नियुक्त गरिएको छ। उक्त अवसरमा ब्राह्मण समाज नेपालका केन्द्रीय उपाध्यक्ष पण्डित देवनाथ उपाध्याय, संरक्षक नरेन्द्र तिवारी, जिल्ला कार्यसमितिका अध्यक्ष कामेश्वर मिश्र, डा. सुरेन्द्र तिवारी तथा केन्द्रीय नेतृत्वका रामबिहारी पाण्डेय लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा ब्राह्मण समाज नेपालका विधानअनुसार ११ सदस्यीय जिल्ला कार्यसमितिको पुनः गठन गरिएको छ। पुनर्गठित जिल्ला कार्यसमितिमा अध्यक्षमा कामेश्वर मिश्र, जिल्ला कार्यकारी अध्यक्ष (इन्चार्ज) मा डा. पुरुषोत्तम दुबे चयन भएका छन्।

त्यसैगरी उपाध्यक्षमा पण्डित दिनेश तिवारी, सचिवमा पण्डित रत्नेश तिवारी, कोषाध्यक्षमा शैलेन्द्र उपाध्याय, सह–सचिवमा आशीष तिवारी तथा सदस्यमा विवेक पाण्डेय चयन भएका छन्। सल्लाहकारमा पण्डित विद्याधर झा र वन्दना शर्मा, वरिष्ठ सल्लाहकारमा प्रकाश उपाध्याय र पेलेंसर बाबा चयन गरिएको छ।

नवगठित समितिले समाजको संस्थागत विकास, आजीवन सदस्यता प्रमाणपत्र वितरण, साधारण सदस्यता विस्तार तथा समाजका लागि धर्मशाला निर्माण जस्ता महत्वपूर्ण कार्यलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ। साथै ब्राह्मण समाजको समग्र उत्थानका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

समितिले आगामी तीन महिनाभित्र पूर्णरूपमा जिल्ला अधिवेशन सम्पन्न गर्ने उद्देश्यसमेत तय गरेको छ। हाल नेपालमा हुन गइरहेको निर्वाचनलाई ध्यानमा राख्दै ब्राह्मण समाज नेपाललाई सामाजिक तथा सांगठनिक रूपमा एक महत्वपूर्ण समीकरणका रूपमा जोडेर हेरिन थालिएको छ, जसले आम जनमानसमा संगठनप्रतिको चासो थप बढाएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update