Birgunj News24
सशस्त्र प्रहरी बल नेपाल पर्साद्धारा ९१ के.जि.प्रतिबन्धित लागु औषध गाँजा बरामद ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे. क्वा. पर्साले सिमावर्ती इलाकामा हुने चोरी तस्करी तथा लागू औषध ओसारपसार कार्यलाई निस्तेज पार्ने अभियानलाई तीव्रता दिँदै आइरहेको छ। लागू औषध ओसारपसार तथा प्रयोगले समाजमा दुरगामी नकारात्मक प्रभाव पार्ने यथार्थलाई मध्यनजर गर्दै सप्रबल नेपालले पर्सा जिल्लामा लागु औषध नियन्त्रण गर्न प्रभावकारी रुपमा कार्य गर्दै आइरहेको छ। सोही क्रममा मिति २०८२।०८।२५ गते ठोरी गाउँपालिका 4 निर्मल बस्तीमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. सुवर्णपुरबाट खटिगएको टोलिलाई देखी ९/१० जना ब्यक्तिहरुले नाम्लो लगाई ढाँडमा बोकी नेपालबाट भारत तर्फ लैजादै गरेको १०वटा प्लास्टिकको पोका फालि ब्यक्तिहरु भागि गएको र उक्त पोका नियन्त्रणमा लिई खोली हेर्दा लागुऔषध गाँजा रहेको  हुँदा उक्त गाजा बरामद गरी  आवश्यक प्रकृया पुरा गरी ई.प्र.कार्यालय ठोरीमा बुझाएकोमा उक्त गाँजाको तौल ९१ के.जी.भएको सुचना अधिकारी स.प्र.ना.उ.विश्वराज योन्जन ले जान्कारी गराउनु भयो ।
   

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १८:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update