Birgunj News24
जसपा पर्साको बैठक : प्रतिनिधि सभा निर्वाचनका लागि ४ वटै क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सर्वसम्मत सिफारिस।

बिरगंज २५ मंसिर  आनन्द पटेल 

आज जनता समाजवादी पार्टी (जसपा) पर्साले बसेको जिल्ला समितिको बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लाका ४ वटै क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरूको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।

जसपा जिल्ला समिति, पर्साले आह्वान गरेको उक्त वैठकमा वर्तमान राजनीतिक परिस्थिति, आगामी निर्वाचनको तयारी, पार्टी एकता, मोर्चागत सहकार्यलगायतका विषयमा विस्तृत छलफल सम्पन्न भयो। पार्टी संगठनलाई सुदृढ गर्दै मतदाता विश्वास जित्ने उद्देश्यले उम्मेदवार सिफारिस प्रक्रियामा सर्वसम्मति कायम गरिएको बैठकले जनाएको छ।

बैठकमा प्रदीप यादव र राजेशमान सिंहको विशेष उपस्थिति रहेको थियो। साथै पार्टीका विभिन्न तह–स्तरका पदाधिकारी तथा कार्यकर्ताहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भयो।

बैठकपछि जसपा पर्साले सबैको सक्रियता, समर्पण र एकताले पार्टीलाई अझ सबल बनाउने विश्वास व्यक्त गर्दै यसपटक साझा लक्ष्य, समान विचारधारा र जनताको आकांक्षा अनुरूप समृद्धि तथा प्रगतिपथतर्फ अघि बढ्ने दृढता व्यक्त गरेको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update