Birgunj News24
पर्सा जिल्लाको सुहपुरमा निशुल्क आँखा शिविर सम्पन्न १४७ जना लाभान्वित ३१ जनामा मोतियाविन्द रोग फेला ।

बिरगंज २४ मंसिर आनन्द पटेल 

सोमवार जगरनाथपुर गाउँपालिका–४ सुहपुरस्थित जनमत पार्टी कार्यालयको ग्राउण्डमा आयोजित निशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। जनमत पार्टीको आयोजना तथा सामुदायिक आँखा केन्द्र वीरगञ्जको प्राविधिक सहयोगमा सम्पन्न शिविरको नेतृत्व समाजसेवी बृजेश्वर प्रसाद चौधरीले गर्नुभएको थियो।

शिविरमा आँखा परीक्षण गरिएका सेवाग्राहीमध्ये कुल १४७ जना लाभान्वित भएका छन्। परीक्षणका क्रममा ३१ जनामा मोतियाविन्दको लक्षण भेटिएको छ भने २३ जनालाई निशुल्क आँखा ड्रप वितरण गरिएको शिविरका संयोजक राजेश चौधरीले जानकारी गराए।

मोतियाविन्द देखिएका बिरामीहरूको आउँदो बुधबार (२४ गते) वीरगञ्जमा निशुल्क शल्यक्रिया गरिने पनि चौधरीले बताए।

स्थानीय बासिन्दाहरूले यस्तो स्वास्थ्य–केंद्रित सेवा आउँदा समुदायलाई ठूलो राहत भएको टिप्पणी गरेका छन्।समाजसेवी बृजेश्वर प्रसाद चौधरीका भनाई अनुसार आउने दिनमा पनि निरन्तर यस्तो किसिमका आयोजना एवं सेवाहरु गर्दै जाने वाचा समेत गर्नु भयो।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update