वीरगंज । पर्सा प्रहरीले २० वर्षपछि मानव बेचबिखनको आरोपीलाई पक्राउ गरेको छ।
वीरगंज महानगरपालिका-१९ का ४५ वर्षीय सुरेशप्रसाद कलवारलाई २०६२ चैत १७ गतेदेखि फरार अवस्थामा रहेका थिए। उनी मानव बेचबिखनको (जीउ मास्ने बेच्ने) आरोपमा वॉन्टेड थिए।
पर्सा प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार, कलवारलाई वीरगंज-९ स्थित एक स्थानबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा पठाइएको छ।
कलवारको पक्राउसँगै २० वर्षअघि भएको घटनामा नयाँ मोड आएको छ र प्रहरीले अन्य कानूनी प्रक्रिया अघि बढाइरहेको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२ १५:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



