लालबाबु सिंह ९ कार्तिक वीरगन्ज । महापर्व छठपुजाको अवसरमा वीरगन्ज -४ जेलचौकमा अवस्थित Tea Party Group ले आइतबार छठव्रतिहरु लाइ छठपुजाको सामाग्री सहयोग गरेका छन । प्रत्येक वर्ष झै छठपुजा गर्ने बिपन्न दलितहरुलाइ यसवर्ष ५१ जनालाई चिया पार्टी समुहका युवा समाजसेवीहरुले सहयोग गरेको हो ।
सो सहयोग सामाग्रीमा छठपुजामा लाग्ने ५१ थान बासको दउरा ( छैटी) मा प्रत्येक दउरामा साडी १, नरिवल १ ,बताशा १ पाउ ,अगरबत्ती १, खानेतेल १ लिटर ,स्याउ १ किलो,दूध १ लिटर,चिनी १ किलो , लगायतका पुजा सामाग्रीहरु रहेको ग्रुपका संयोजक राजु चिया पसलका संचालक राजु साह तुराहाले बताउनु भयो ।
सो अवसरमा तुराहाले छठपुजा मधेशको साथै देश विदेशमा आस्था, समानता एवं आपसी एकता भाइचारा बलियो बनाउने महापर्व भएकोले यस्को महत्त्व दिनानुदिन बढ्दै गैरहेको बताउदै चरम महँगाइको समयमा बिपन्न ब्यक्तिहरुले पनि यो पर्व मनाउन सकुन भनी हामी साथिभाइहरु आपसमा मिलेर सानो सहयोग गर्दै आइरहेको र यो क्रम प्रत्येक वर्ष बढदै गएको आउने समयमा पनि अझ बढाउदै लग्ने बताए ।
सो हि अवसरमा झुन्नुले यो पर्वले संसारका साक्षात देवता सुर्यदेव र जिवनदायिनी प्रकृति प्रती उपासना गरि सम्मान, कृतज्ञता प्रकट गर्ने र भक्तालुहरुको मनोकामना पूरा हुने बिश्वासले नै छठपुजा महापर्वको रुप लिएको बताउदै सम्पुर्णलाई आआफ्नो घर,टोल नजिकमा रहेका बिपन्नहरुको सेवा सहयोग गर्न आह्वान पनि गरे ।
सो निशुल्क छठपुजा सामाग्री वितरणमा राजु साह तुराहा, अनिल सिंह (झुन्नु ),जावेद अख्तर,हृदेश साह कानु,बबलु कुमार मोन्डियाल,ईमरान शेष ( बौवा),दिपु साह,रौनक साह तुराहा,तेजस साह,लालबाबु सिंह सेवकहरुको सहभागिता रहेको थियो ।
Tea Party Group का सदस्य अख्तरले हामिले विभिन्न चाडपर्व एवं आपतबिपतको समयमामा दिन दुखी असहाय बिपन्नको सेवा सहयोग गर्दै आइरहेको र हाम्रो अभियानमा हातेमालो गर्न ईच्छुक सम्पुर्णलाई राजु चिया पसलमा आएर सम्पर्क गर्न आग्रह सहित को जानकारी गराए ।



