Birgunj News24

विराटनगर, २९ असोज । मोरङको विराटनगरमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । 

विराटनगर महानगरपालिका–३ मा ट्रक पार्किङ गरेर राखेको स्थानमा आइतबार राति युवतीमाथि सामूहिक बलात्कार भएको हो । 

पीडित युवतीले दिएको उजुरीका आधारमा प्रहरीले धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालक पक्राउ परेका छन् । तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् ।  

अलपत्र परेकी युवतीलाई बसोवासका लागि सहयोग गर्ने बाहनामा उनीहरुले बलात्कार गरेका प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update