Birgunj News24

काठमाडौं, २८ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुरलाई नियन्त्रणमा लिएको छ। 

कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सर्वेक्षक ठाकुर र बिचौलिया उमेश यादवलाई घुससहित रंगेहात नियन्त्रणमा लिएको हो। 

सेवाग्राहीबाट नगद रु.७० हजार रुपैयाँ र रु ५५ हजारको रुपैयाँको चेक गरी जम्मा रु. १ लाख २५ हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो। 

उनीहरूलाई झापाको भद्रपुर नगरपालिका वडा नम्बर ७, चन्द्रगढीबाट आज पक्राउ गरिएको हो। थप अनुसन्धान भइरहेको जनाइएको छ। 

 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update