Birgunj News24
पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको टीका शुभेच्छुकलाई लगाइदिने

काठमाडौं, २८ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको विजय दशमीको टीका शुभेच्छुकलाई लगाइदिने भएका छन । यस वर्षको विजया दशमीको टीका ७ कात्तिक मंगलबार परेको छ । 

उक्त दिन अपरान्ह ४ बजे निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह ले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने आइतबार संवाद सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । 

 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  २३:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update