Birgunj News24

काठमाडौं, २४ असोज । खोज पत्रकारिता केन्द्रको अध्यक्षमा कुन्द दीक्षित चयन भएका छन्।

केन्द्रको बुधबार सम्पन्न १६औं साधारणसभाबाट दीक्षित अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। 

साधारणसभाबाट केन्द्रको उपाध्यक्षमा रम्यता लिम्बू र महासचिवमा रामेश्वर बोहरा चयन भएका छन्। त्यस्तै, कोषाध्यक्षमा रविन सायमी तथा सदस्यहरूमा कृष्ण ज्ञवाली, विद्या राई र नवीन झा चयन भएका छन्। दुई सदस्य कार्यसमितिले मनोनीत गर्नेछ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update