Birgunj News24
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भाबित कार्यसुची

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दै छ ।

संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ ।  बैठक बिहान ११ बजेर बोलाइएको छ 

संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नेछन ।

साथै बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘विधायन सम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update